इन्द्रावतीको बाढीमा हराएकामध्ये १ जनाको शव भेटियो, मेलम्ची बजारका कैयौँ घरमा क्षति

 असार २, २०७८ बुधबार १०:५३:११ | किरण थापा
unn.prixa.net

काठमाण्डाै – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रावती नदीले बगाएका सातजना मध्ये एक जनाको शव भेटिएको छ ।

गएराति नदीमा बाढी आएको बेला हराएका सात जना मध्ये एक पुरुषको शव भेटिएको र उनको पहिचान खुल्न बाँकी रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । बाढीले हेलम्बुमा ३ ओटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ । यस्तै हेलम्बुमा रहेको प्रहरी चौकी पनि बगाएको छ ।

मेलम्ची खोलामा आएको बाढीले मेलम्ची बजारका झण्डै ५० घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । मेलम्चीमा रहेको बसपार्क आसपास रहेका होटल तथा पसलहरु सबै बगाइसकेको छ । मेलम्ची खोलामा बाढी आउन थालेपछि बजारबासीहरु गएराती नै सुरक्षित ठाउँमा गएका थिए । घरमा फसेका केही व्यक्तिलाई पनि नेपाली सेनाले उद्धार गरेर सुरक्षित ठाउँमा लगिसकेको छ । मेलम्ची खोलामा बगिरहेको लेदो थुप्रिएर बजार थप जोखिममा परिरहेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया