सरकारी मोटरसाइकलमा नक्कली नम्बर प्लेट !

 भदौ १०, २०७५ आइतबार १७:६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

रामेछाप – रामेछापको लिखु तामाकोशी गाउँपालिकाका कर्मचारीहरुले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकलमा नक्कली नम्बर प्लेट राखेको फेला परेको छ ।

त्यस नगरपालिकाले गरेका कामहरुको अनुगमन गर्न धोवी बजार पुगेका संचारकर्मीहरुले ना ५५ ब ११५ नम्बरको २ सय २० सीसी पल्सर मोटरसाइकल प्रयोग गरेको अवस्थामा फेला पारेको थियो ।

गाउँपालिकाले गएको डेढ वर्षदेखि प्रयोग गर्दै आएको त्यो मोटरसाइकलको बारेमा सँगै रहेको इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय समेत अनविज्ञ रहेका छन् । ट्राफिक प्रहरीका अनुसार पालिकाले प्रयोग गरेको त्यो नम्बर मुलुक भर कहीँ पनि प्रयोगमा नआएको र प्रयोगमा ल्याउन पनि कानुनत अवैद्य हुने कुरा हो ।

तर पालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काकै निर्देशन र प्रशासकीय अधिकृत राजु न्यौपाने समेतको सहमतिमा त्यो मोटरसाइकल लामोसमयदेखि प्रयोग गर्दै आएको स्थानीय निरज खड्काले बताउनुभयो ।

नक्कली नम्बर प्लेट भएको मोटरसाइकल गाउँपालिकाले चलाउँदै आएको बारेमा इलाका प्रहरी कार्यालय धोवीका इन्चार्जले यसबारेमा आफूलाई कुनै जानकारी नै नभएको र त्यस्तो भेटिए तत्कालै मोटरसाइकल पक्राउ गर्ने बताउनुभयो ।

जिल्ला ट्राफिक कार्यालय रामेछापमा पनि नक्कली नम्बर प्लेट राखेर सरकारी मोटरसाकइल चलाउँदै गरेको विषयमा जिज्ञासा राख्दा ट्राफिक प्रमुख कुशहरी भण्डारीले त्यो मोटरसाइकल अवैद्य रुपमा प्रयोगमा आएको भन्दै नक्कली नम्बर प्लेट राख्ने गाउँपालिकालाई नियम अनुसार कारबाही गर्ने र मोटरसाइकल तत्काल नियन्त्रणमा लिने बताउनुभयो ।

तर सूचना दिएको एकहप्ता बित्न लाग्दा पनि प्रहरीले यसबारेमा कुनै चासो नराखेको स्थानीय सुन्दर खड्काले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया