नवलपरासी : एक सय ५० बिघामा लगाएकाे चैतेधान बाढीले नष्ट

 असार २, २०७८ बुधबार १२:३९:३ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ बगुवनमा बाढीका कारण तयारी अवस्थामा रहेको एक सय पचास बिघाको धान नष्ट भएको छ । ​बगुवनमा लगाइएको एक सय ५० बिघाको चैतेधान नष्ट गरेको लक्ष्मी आधारभूत विद्यालय बगुवनका शिक्षक बुद्धराज विश्वकर्माले बताउनुभयो ।

'धेरैजसोले चैतेधान काटेर राखेका थिए । काटेर  खेतमै रहेको धान विनयी खोला र नारायणी नदिको पानीले बगायाे', शिक्षक विकले बताउनुभयो ।

यस्तै बाढीले बगुवनमा रहेका लक्ष्मी आधाभूत विद्यालयसहित बाखोरटोलका करिब ७ घर डुबानमा परेका छन् । बाढीले घर डुबानमा परेपछि घरका मानिस, खाद्यान्न, पशु चौपायालाई गाउँ नजिकको डाँडोमा सार्ने तयारी गरिएको शिक्षक विकले बताउनुभयो ।

तीन तिरबाट विनयी र नारायणी नदीले घेरेको बगुवन क्षेत्रमा अन्य कतिपय टोल डुबानमा पर्ने सक्ने भन्दै स्थानीय चिन्तित बनेका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया