जुम्लाको पातारासीका चार जना सम्पर्कविहीन

 असार ४, २०७८ शुक्रबार १०:४०:५७ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर ४ का चार जना सम्पर्कविहीन भएका छन् । पाटनमा गएका पातारासी गाउँपालिका वडा नम्बर ४ का चार जना सम्पर्कमा नआएका जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार उनीहरु टुङटुङ लेखमा पालमा बसेका र ढुङ्गा खस्दा एक जना घाइते भएको खबर सुनेको तर त्यसपछि सम्पर्क हुन सकेको छैन । स्थानीय प्रशासनले हेलिकप्टरमार्फत उद्धारको तयारी गरे पनि मौसमले साथ नदिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया