साउदी जानुअघि कोरोना विरुद्धको खोप लगाए नलगाएको बारे अनलाइन दर्ता अनिवार्य

 असार ४, २०७८ शुक्रबार १३:३१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदी जानुअघि कोरोना विरुद्धको खोप लगाए नलगाएको बारे अनिवार्य अनलाइन दर्ता गर्नुपर्ने भएको छ ।

साउदीको सरकारी निकायले विदेशी नागरिक सबैले खोप लगाए नलगाएको बारे प्रस्थान पूर्व नै अनलाइनमार्फत दर्ता गर्नुपर्ने जनाएको छ  । 

प्रस्थान पूर्व नै अनलाइनमार्फत दर्ता गर्दा अध्यागमन प्रक्रिया पनि सहज हुने र साउदी प्रवेश गर्दा यात्रुले गर्नु पर्ने प्रक्रियाका लागि पनि धेरै समय कुर्न पर्ने छैन ।

अनलाइनमार्फत खोपको अवस्थाबारे खाडी राष्ट्रका नागरिकहरू, नयाँ भिसा लिएर जाने विदेशी नागरिक, बसोबासको भिसा भएकाहरू र उनीहरूसँग जाने सहयात्रीले पनि दर्ता गर्न पर्नेछ ।

साउदीले कोरोना सङ्क्रमण रोकथाम र साउदीमा बसोबास गरिरहेका नागरिकको सुरक्षाका लागि यस्तो नियम ल्याएको जनाएको छ । यसले थप कोरोना फैलनबाट रोकिने साउदी सरकारले विश्वास लिएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया