पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
जुम्ला - हिमा गाउँपालिकाका १६ घर पहिराेकाे जाेखिममा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार हिमा गाउँपालिका-६ को खलढुङ्गा, डाँडाबाँडा र अर्को एक गाउँका गरी १६ घर पहिराेकाे जाेखिममा परेका हुन् । पहिराेकाे जाेखिममा रहेका १६ घरका ११७ जनालाई आफन्तको घरमा सारिएको प्रहरीले जनाएको छ ।
स्थानीय सूर्य अधिकारीका अनुसार लगातारकाे वर्षाका कारण बारी र घरहरु भत्किन थालेपछि उनीहरु विस्थापित भएका हु्न् । बस्तीलाई एक वर्ष अगावै दीर्घकालीन रुपमा सुरक्षित ठाउँमा सानुपर्ने भनिए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बस्तीका मानिसलाई तत्कालका लागि सुरक्षित ठाउँमा सारिएकाे जानकारी दिनुभयाे । तर बस्ती पहिराेकाे जोखिममा रहेकाले दीर्घकालीन रुपमा सुरक्षित ठाउँमा सार्नुपर्ने आवश्यक रहेकाे उहाँले बताउनु भयाे।
अध्यक्ष शाहीका अनुसार गएकाे वर्ष जिल्ला विपद् व्यवस्थापन समितिले बस्ती सार्ने निर्णय गरी सघन सहरी सङ्घीय आयोजनाबाट केन्द्रमा पठाइएको थियाे । उहाँले सरोकारवाला निकायहरुलाई स्थलगत अनुगमनका लागि अनुरोध गर्नुभएकाे छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।