‘बालिका बचत’ कार्यक्रम : ९० प्रतिशतले स्वास्थ्य संस्थामै गएर जन्माए बच्चा

 असार ५, २०७८ शनिबार १८:३६:० | दमन राई
unn.prixa.net

खोटाङ – ‘बालिका बचत’ कार्यक्रम सुरु गरेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नियमित गर्भजाँच गराउने र बर्थिङ सेन्टरमा गएर सुत्केरी गराउनेको संख्या बढेको छ ।

बालिकामैत्री नगरपालिका बनाउने उद्धेश्यले नगरपालिकाले चालु वर्षदेखि ‘बालिका बचत’ कार्यक्रम सुरु गरको थियो । यो कार्यक्रमको प्रभावले अहिले नगरपालिकामा यो वर्षको ११ महिनामा ९० प्रतिशत गर्भवतीले बर्थिङ सेन्टर वा स्वास्थ्य संस्था गएर बच्चा जन्माएको उपमेयर बिमला राईले बताउनुभयो ।

यो कार्यक्रम अन्तर्गत नगरपालिकाले गएको साउन १ गतेदेखि यता जन्मिएका हरेक छोरीको नाममा खाता खोल्ने र ३ वर्षको उमेर पुग्दासम्म वार्षिक ४ हजारका दरले खातामा रकम जम्मा गर्ने व्यवस्था गरेको छ । यो सुविधा पाउन गर्भावस्थामा आमाले चार पटक अनिवार्य गर्भजाँच गरेको, स्वास्थ्य संस्थामै गएर सुत्केरी गराएको वा स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेको अवस्थामा अन्यत्र रेफर भएर छोरीलाई जन्म दिएको हुनुपर्ने प्रावधान छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया