प्यान लिनेको सङ्ख्या ४० लाख नाघ्यो, १० महिनामा सात लाखभन्दा धेरै थपिए

 असार ६, २०७८ आइतबार ९:९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या ४० लाख नाघेको छ । आन्तरिक राजश्व विभागका अनुसार वैशाख महिनासम्म प्यान लिनेको सङ्ख्या ४० लाख ४३ हजार सात सय पुगेको छ । यी मध्ये १५ लाख ९३ हजार व्यावसायिक प्यान, २४ लाख ४१ हजार व्यक्तिगत र नौ हजार एक सय प्यान कर कट्टी गर्ने निकायले लिएको प्यान रहेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाख अर्थात १० महिनामा सात लाख ६ हजार नयाँ प्यान जारी भएका छन् । गएको वर्षको असारसम्म ३३ लाख ३७ हजार प्यान जारी भएकोमा अहिले ४० लाख नाघेको छ । यस्तै मूल्य अभिवृद्धि कर भ्याटमा दर्ता हुनेको सङ्ख्या पनि दुई लाख ८८ हजार पुगेको छ।

यो आर्थिक वर्षको १० महिनामा भ्याटमा दर्ता हुनेको सङ्ख्या ३२ हजार रहेको छ । यस्तै अन्तःशुल्कतर्फ एक लाख ११ हजार दर्ता भएका छन् । साउनदेखि वैशाखसम्म थप १७ हजार एक सय जना अन्तःशुल्कमा दर्ता भएका छन् । सरकारले सबै कारोबारीलाई करको दायरामा ल्याउन भन्दै प्यान, भ्याट र अन्तःशुल्कमा दर्ता गराउने कामलाई तीव्रता दिएको छ ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया