बाढीले विच्छेद गराएको मेलम्ची-हेलम्बु सडक पाँच दिनपछि सञ्चालनमा आयो

 असार ६, २०७८ आइतबार २१:२७:३ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक - गएको असार १ गते आएको बाढीले विच्छेद गराएको मेलम्ची-हेलम्बुको सडक मार्ग जोडिएको छ । मेलम्ची नगरपालिका ११ सिमखेतमा बाढीले सडक कटान गर्दा हेलम्बु आउन/जान बन्द भएको थियो । 

सिमखेतमा मोटर बाटो सञ्चालनमा आएसँगै हेलम्बु गाउँपालिकाको गणेशे बगरसम्म गाडी जान सक्ने भएको छ । 

हेलम्बु गाउँपालिकाको धेरै ठाउँमा बाढीले सडक बिगारेपछि बन्द भएको थियो । मेलम्ची खोलाको सिमखेत, चनौटे बजारको रातोपुल, चनौटेभन्दा पाँच सय मिटरमाथि पनि सडक खोलाले कटान गरेको छ ।

यस्तै भूमेश्वरी विद्यालयभन्दा पाँच सय मिटरमाथि र गाउँपालिकाको कार्यालयभन्दा माथिका धेरै ठाउँमा बाढीले सडक कटान गरेको छ ।  मेलम्ची नगरपालिकाको भने वडा नम्बर ७, ८, ९, १० र इन्द्रावती गाउँपालिका, पाँचपोखरी थाङ्गपाल गाउँपालिकासँगको सडक मार्ग बन्द भएको छ । पाँचपोखरी थाङ्गपाल गाउँपालिकाको पनि केही ठाउँमा बाढीले सडक कटान गरेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया