जडिबुटी खोज्न गएका गोरखाका एक युवक भीरबाट लडेर बेपत्ता

 असार ७, २०७८ सोमबार १२:१०:२९ | किरण लोहनी
unn.prixa.net

 गोरखा - जडिबुटी खोज्न गएका गोरखाका एक युवक भीरबाट लडेर बेपत्ता भएका छन् । बारपाक सुलिकोट वडा नम्बर १ को लेकमा वनलसुन खोज्न गएका चुमनुब्री गाऊँपालिका-३ का २४ वर्षका सुरेन्द्र गुरुङ शनिवार दिउँसो ३ बजेतिर भीरबाट लडेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । भीरबाट लडेर बेपत्ता भएका उनको खोजी गर्न सम्भव नभएपछि सँगै गएका अन्यले प्रहरीमा खबर गरेका थिए ।

प्रतिकूल मौसमका कारण भएका युवकको खोजीमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश दाहालले बताउनुभयो । जडिबुटी खोज्न गएका अन्यलाई भने सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर धार्चे गाउँपालिका-४ लाप्राकमा उनीहरुको आफन्तकहाँ ल्याएर छोडिएको दाहालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया