सिन्धुपाल्चाेकमा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

 असार ७, २०७८ सोमबार १५:१०:५५ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकको मेलम्चीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मेलम्ची नगरपालिका १० माझीबस्ती तल इन्द्रावती नदीमा आएको बाढीले बिजुलीको पोल ढाल्दा त्यहाँका  धर्मराज दुलालको ज्यान गएको हो । 

बाढी प्रभावित क्षेत्रमा अवलोकनका लागि पुग्नु भएका दुलाललाई ढल्दै गरेको पोलको तारले छुँदा करेन्ट लागेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिनुभयो । करेन्ट लाग्दा दुलालसँगै रहेका अर्का साथी घाइते हुनुभएकाे छ । 

गएको असार १ गते आएको बाढीका कारण मेलम्ची आसपासका क्षेत्रमा विद्युत् सेवा ठप्प भएको थियो । नेपाल विद्युत् प्राधिकरण हेलम्बु मेलम्ची वितरण केन्द्रले बिजुलीको आपूर्ति पहिलेकै अवस्थामा फर्काउन मर्मतको काम गरिरहेकाे छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया