विमलेन्द्र निधि निवासमा कांग्रेसका तीन नेताको 'लन्च मिटिङ' : पार्टीको नयाँ नेतृत्वबारे छलफल

 असार ७, २०७८ सोमबार १५:३१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर शशाङ्क कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच ‘लन्च मिटिङ’ भएको छ । निधि निवास मध्यबानेश्वरमा भएको ‘लन्च मिटिङ’ का क्रममा नेतहरूबीच पार्टीको १४ औँ महाधिवेशनबारे छलफल भएको छ ।

पार्टीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्ने पक्षमा रहनुभएका उहाँहरूबीच १४ औँ महाधिवेशन र नयाँ नेतृत्वबारे छलफल भएको उपसभापति निधिको सचिवालयले जनाएको छ । उहाँहरू तीनै जना पार्टी सभापतिको आकाङ्क्षीका रूपमा हुनुहुन्छ ।

निधिको सचिवालयका अनुसार तीन जना नेताबीच महाधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्नेबारे कुराकानी भएको र अब सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालगायतसँग पनि छलफल गर्ने समझदारी भएको छ ।

यसैबीच नेताहरुबीच सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र अब आउने आम चुनावमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनेबारे पनि छलफल भएको छ ।

यस्तै सिन्धुपाल्चोकलगायत जिल्लामा बाढी र पहिरोका कारण भएको क्षतिबारे समेत तीन नेताबीच कुराकानी भएको थियो ।   

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया