कानुनी शासन बचाउन आ–आफ्नाे ठाउँबाट भूमिका खेलाैँ : विपक्षी गठबन्धन

 असार ८, २०७८ मंगलबार १८:३०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विपक्षी गठबन्धनका शीर्ष नेताहरूले संविधान, लोकतन्त्र र कानुनी शासन जाेगाउन आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्न राजनीतिक दल, नेता, कार्यकर्ता तथा जनसमुदायलाई आह्वान गरेका छन् ।

सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब दिने तथा सङ्कीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटोमा लागेको उनीहरूकाे आराेप छ । दलका नेताहरूले मङ्गलवार (आज) संयुक्त विज्ञप्ति निकालेर सरकारले स्वतन्त्र न्यायपालिकालाई हस्तक्षेप गर्ने र निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षडयन्त्र गरिरहेकाे बताएका हुन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले विज्ञप्ति निकालेर सरकारको कदमबाट नेपाली नागरिकको कष्टपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धि नै गुम्ने हो कि भन्ने खतरा उत्पन्न भएको छ र देश गम्भीर सङ्कटतर्फ धकेलिएको बताएका हुन् । 

‘नेपालको संविधान, लोकतन्त्र, संसद्, राष्ट्रिय हितको रक्षा, कोराना महामारी र बाढी, पहिरो र डुबानको विपत्तिबाट नागरिकको सुरक्षा, उद्धार तथा पुनस्र्थापना तथा नागरिकका अपेक्षा एवम् आवश्यकताप्रतिको जिम्मेवारीबोधका साथ संयुक्त रूपमा पाइला चाल्नैपर्ने अवस्था सिर्जना भएको छ’, विज्ञप्तिमा भनिएको छ ।  

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया