स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
बलिउड फिल्म उद्योगमा ७० वर्ष भन्दा बढी सेवा दिइसकेको आर. के स्टुडियो बेच्न लागिएको छ । कपूर खानदान छिट्टै नै राज कपूरद्वारा निर्माण गरिएको आर.के.स्टुडियो बेच्ने तयारीमा छ । कपूर खानदानको यो आर.के.स्टुडियो सन् १९४८ मा राज कपूरद्वारा मुम्बइको चेम्बुरमा करिब २ एकड जमीनमा बनाइएको थियो । कपूरले यो स्टुडियो आर.के.ब्यानरमा फिल्म निर्माण सुरु गरेसँगै निर्माण गरेको थिए ।
सन् १९८८ मा राज कपूरको मृत्युपछि उनको परिवारले यो स्टुडियो चलाइरहेको थियो । आर.के. स्टुडियो बेच्ने निर्णय कपूर खानदानले मिलेर गरेको हो । स्टुडियो बेच्न राज कपूरकी श्रीमती कृष्णा, उनका छोरा रणधिर कपूर, ऋषि कपूर, राजिव कपूर र छोरीहरु रीमा जैन र ऋतु नन्दाले पनि स्वीकृति दिइसकेका छन् ।
कपूर खानदानले आर.के. स्टुडियोको आधा हिस्सा मात्रै बेचिरहेका छन् । बाँकीको आधा हिस्सा पुनः मर्मत गरिनेछ । ऋषि कपूरले सञ्चार माध्यमसँगको कुराकानीमा भने ‘हामी आ.के स्टुडियो बेचिरहेको खबर साँचो हो । यो निर्णय हाम्रो परिवारले मुटुमा ढुंगा राखेर लिनु परिरहेको छ ।’
आर. के स्टुडियोको ब्यानरमा सन् १९९९ मा अन्तिम फिल्म ‘आ अब लौट चले’ बनेको थियो । यस फिल्ममा ऐश्वर्या राय बच्चन र अक्षय खन्नाको मुख्य भूमिका रहेको थियो । यस फिल्ममा राजेश खन्ना पनि अहम भूमिकामा थिए ।
गएकाे वर्ष सेप्टेम्बर १६ मा एक डान्स रियालिटी शो को छायांकनका क्रममा आर.के स्टुडियोमा आगलागी भएको थियो । आगलागीका कारण स्टुडियोमा राखिएका कयौं महत्वपूर्ण वस्तुहरु जलेर नष्ट भएका थिए । फिल्म ‘मेरा नाम जोकर’ का क्रममा राज कपूरले प्रयोग गरेको मुखौटा पनि जलेर नष्ट भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।