दोस्रो बजारको प्रारम्भिक कारोबार सत्रको मूल्य परिवर्तन सीमा घट्यो

 असार १०, २०७८ बिहीबार १४:२२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल धितोपत्र बोर्डले दोस्रो बजारको प्रि–ओपन सेसन (प्रारम्भिक कारोबार सत्र) को मूल्य परिवर्तन सीमा घटाएको छ । अहिले पाँच प्रतिशत रहेको मूल्य परिवर्तन सीमालाई घटाएर दुई प्रतिशत कायम गरेको बोर्डले जनाएको छ ।

प्रारम्भिक सत्रमा कारोबार भएको धितोपत्रको मूल्यमा भइरहेको अस्वाभाविक उतारचढावलाई व्यवस्थित गर्नुपर्ने देखिएकाले कारोबार मूल्य परिर्वतन सीमालाई घटाइएको बोर्डको नियमन तथा व्यवस्थापन विभागले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै दोस्रो बजारमा धितोपत्रको कारोबार हुँदा अहिले न्यूनतम मूल्य परिवर्तन सीमा एक रुपैयाँ रहेकोमा १० पैसा कायम हुने गरी विनियमावली २०७८ स्वीकृत गरेको छ । छिमेकी देशलगायत अन्तर्राष्ट्रिय अभ्यासअनुसार हुने गरी धितोपत्र कारोबारको न्यूनतम  मूल्य सीमालाई परिर्वतन गरिएको र यसले खरिदकर्ता र बिक्रीकर्ताले प्रतिस्पर्धी मूल्यमा धितोपत्र खरिद बिक्री गर्न सक्ने प्रवक्ता प्रवक्ता निरज गिरीले बताउनुभयो ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि प्रारम्भिक कारोबार सत्र थप व्यवस्थित हुने अनि न्यूनतम मूल्य परिवर्तन सीमा १० पैसा हुँदा लगानीकर्ताले प्रतिस्पर्धी मूल्य प्राप्त गर्न सक्ने भएकाले दोस्रो बजार कारोबार थप लगानीकर्ता मैत्री हुने बोर्डको भनाइ छ । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया