गल्ती स्वीकार गरेर आउनुहुन्छ भने ओलीलाई स्वागत गर्नुपर्छ है शेरबहादुरजी : माधव नेपाल

 असार १०, २०७८ बिहीबार १७:५४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गल्ती र कमी–कमजाेरी सच्याएर आए केपी ओलीलाई स्वागत गर्नुपर्ने बताउनुभएकाे छ । बिहीवार विपक्षी गठबन्धनको तर्फबाट सम्पादकहरूसँगकाे अन्तरक्रियामा बाेल्दै नेता नेपालले यस्ताे बताउनुभएकाे हाे ।

‘मानिस हुन्, कहिलेकाहीँ गल्ती हुन्छ । गल्तीलाई स्वीकार गरेर, फेरि कोर्स करेक्शन गरेर आउनुहुन्छ भने केपी ओलीजीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी’, उहाँले भन्नुभयाे ।  

नेता नेपालले आफूहरू देश र नागरिककाे हितका निम्ति दृढताका साथ अगाडि बढ्ने भन्दै आन्दोलनबाट विचलित नहुने बताउनुभयो । आफूहरूको चिन्ता र चासो देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने रहेको पनि उहाँले बताउनुभयो ।

नेता नेपालले भन्नुभयो – ‘देशको हितका लागि, जनताको हितका लागि, समाजको परिवर्तनको लागि दृढताका साथ अगाडि बढिन्छ । यही उद्देश्यका लागि नै आन्दोलनमा जुटिएको हो । यो आन्दोलनबाट विचलित हुने कुरा आउँदैन । कसरी देशको स्वाधीनताको रक्षा गर्ने, देशको स्वाभिमानको रक्षा गर्ने, राष्ट्रिय हितको रक्षा गर्ने हाम्रो चिन्ता र सरोकार त्यहाँ छ ।’ 

त्यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले प्रतिनिधि सभा विघटनमा विदेशी शक्तिको हात रहेको दाबी गर्नुभयो । उहाँले भारतीय गुप्तचर प्रमुख नेपाल आएपछि नेपालको राजनीतिमा अप्रत्याशित रूपमा फेरबदल भएको उहाँकाे आराेप छ । 

प्रतिनिधि सभा विघटनविरुद्धको कदममा २०६२/०६३ को जनआन्दोलनका सहयात्री दलहरू एक हुनुपर्ने उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया