मिथिला मध्यमा परिक्रमा सम्पन्न
चैत १, २०८१ शुक्रबार
रामेछाप – कालिकादेवी माध्यमिक विद्यालय मन्थली नगरपालिका वडा नम्बर–१ भलुवाजोरका प्रध्यानाध्यापक कृष्णबहादुर कार्की शुक्रबारदेखि सम्र्पकविहीन हुनुभएको छ ।
गएको शुक्रबार आफ्नै विद्यालयका अन्य शिक्षकहरु विष्णु बुढाथोकी, सन्तोष थापा र शिवकुमार मोचीसँग प्रअ कार्की आफूले प्रयोग गर्दै आएको मोटरसाइकल मर्मत गर्ने भन्दै महोत्तरी जिल्लाको शंखिनाकामा जानुभएको थियो ।
साथीहरुमध्ये शिवकुमारको घर तराई भएकाले उहाँले नै प्रअलगायत शिक्षकलाई सँगै लिएर जानुभएको थियो । साथीहरुसँगै गएका प्रअ महोत्तरी र भारतको सीमाना शखिंनाकासम्म सँगै गएको र त्यसपछि मोटरसाइकल लिएर हिँडेका प्रअ बेपत्ता भएको उहाँका साथीहरुले प्रहरीमा जानकारी गराएका छन् ।
शंखिनाकाबाट मोरसाइकल लिएर अघि बढेका कार्कीलाई सँगै गएका साथीहरुले भेट्न नसकेको उनीहरुले बताएका छन् । सम्र्पकविहीन भएका कार्कीलाई सँगै गएका साथीहरुले खोजतलास गर्दा समेत नभेटेपछि उनीहरु सोमबार मन्थली आइपुगेका छन् ।
उनीहरुले प्रअ कार्कीलाई खोजतलास गरेको धेरै पटक मोबाइलमा सम्र्पक गर्दा समेत उहाँको मोबाइल अफ भएकाले सम्र्पक हुन नसकेको प्रहरीमा खबर गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिनुभयो ।
घटनापछि सोमबार मन्थली आइपुगेका शिक्षकहरु विष्णु बुढाथोकी र सन्तोष थापालाई प्रहरीले सोधपुछ थालेको छ । यता सँगै गएका आफ्ना श्रीमान् कृष्णबहादुरलाई साथीहरुले नै गायब बनाएको ले खोजतलास गरी पाउँ भन्दै प्रअ कृष्णबहादुर कार्कीकी श्रीमती गीता कार्कीले प्रहरीमा निवेदन दिनुभएको छ ।
प्रहरीले भने घटना महोत्तरी जिल्लाको भएकाले यस जिल्लाबाट खोजतलास नभै महोत्तरी जिल्लाबाट नै हुने भएकाले निवेदन कर्ता गीतालाई महोत्तरी जान सल्लाह दिएको प्रहरी निरीक्षक थापाले जानकारी दनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।