सुजिता हत्या प्रकरण : श्रीमान् र देवर पक्राउ

 असार १४, २०७८ सोमबार १३:५३:४१ | धनवीर महतो
unn.prixa.net

फाइल फाेटाे

महाेत्तरी – महोत्तरी प्रहरीले सुजिता ठाकुरको हत्याको आरोपमा उनका श्रीमान् मुकेश ठाकुर र देवर रूपेश ठाकुरलाई पक्राउ गरेकाे छ । हत्या गरी गाडिएकाे अवस्थामा आइतवार साँझ खेतमा शव भेटिएलगत्तै प्रहरीले मृतकका श्रीमान् र देवरलाई पक्राउ गरिएकाे महाेत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयाे । मृतक सुजिताका सुसरा पतिराम ठाकुर भने अझै फरार रहेको प्रहरीले बताएकाे छ ।  

सुजिताको माइती पक्षले भने हत्यामा उनकाे श्रीमानको संलग्नता नभएकाे तथा देवर र ससुरामाथि शङ्का रहेको जनाएको छ । सुजिताकाे माइती पक्षका अनुसार गएकाे जेठ १९ गते बिहान आफ्नी छाेरीसँग देवर र ससुराकाे झगडा भएको थियोे । त्यसलगत्तै सुजिता सम्पर्कविहीन भएकी थिइन् ।

आइतवार बेलुका सुजिता सुजिताको शव आफ्नै खेतमा गाडिएको अवस्थामा भेटिएकाे थियाे ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया