रुपन्देहीमा भएको दुर्घटनामा त्रिविका सहप्राध्यापक शंकर भण्डारीको ज्यान गयो

 असार १६, २०७८ बुधबार ९:२२:३१ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रुपन्देही – रुपन्देहीमा भएको दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक शंकर भण्डारीको ज्यान गएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार बा १७ च ६०६६ नम्बरको कार हिजो बेलुका देबदह १० चरङ्गेमा दुर्घटना हुँदा गुल्मीको छत्रकोट गाउँपालिका घर भएका भण्डारीको ज्यान गएको हो ।

स्थानीय मुडाबासमा रहेको कल्भटमा कार ठोक्किएपछि दुर्घटना भएको हो । भण्डारीले चलाएको कारमा रहेका अर्का एक जना घाइते भएका छन् । कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ शंकर भण्डारी त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया