राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जना पुर्पक्षका लागि कारागार चलान

 असार १६, २०७८ बुधबार १८:५८:१५ | मुना हमाल
unn.prixa.net

सुर्खेत – राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेकाे आराेपमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बुधवार उनीहरूलाई पुर्पक्षका लागि कारागार चलन गरिएकाे सुर्खेत जिल्ला अदालतले जनाएकाे छ ।  

बुधवार न्यायाधीश डिलप्रकाश सापकोटाको एकल इजलासले दुई जना राउटे युवतीलाई होटलमा लिएर मदिरा खुवाइ यौन दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।  

अदालतका स्रेस्तेदार यमप्रसाद बास्कोटाले बुधवार अदालतले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जानकारी दिनुभयो  । 

यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि गएको जेठ २३ गते उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो  ।    

अन्तिम अपडेट: बैशाख १३, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया