पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गयो, पाँच जना घाइते

 असार १७, २०७८ बिहिबार १०:२३:१४ | समुद्र पौडेल
unn.prixa.net

तनहुँ – पहिरोका कारण तनहुँ बन्दीपुरका दुई घरमा पहिरो जाँदा दुई जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

पहिरोमा परि बन्दीपुर–३ तामुङका सरस्वती थापा र हरिमाया नेपालीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

घटनास्थलमा गाउँलेले उद्धार गरेर घाइतेलाई उपचारका लागि अस्पताल ल्याउने प्रयास भइरहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो । ‘सडक भत्किएकाले घटनास्थलमा पुग्न अहिले कठिनाइ भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘सशस्त्र प्रहरीको टोली घटनास्थल जाँदैछ।’ घाइतेमध्ये एक जनालाई अस्पताल लगिएको र अन्यलाई अस्पताल लैजाने तयारी भइरहेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया