आउँदो २२ गतेदेखि भेरोसेलको दोस्रो मात्रा दिइने, कहाँ–कहाँ छन् खोप केन्द्र ?

 असार १७, २०७८ बिहिबार १३:२२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै जिल्लामा ३२ वटा केन्द्रमार्फत भेरोसेलको दोस्रो मात्रा खोप लगाइँदै छ । स्वास्थ्य कार्यालय काठमाण्डाैले ३२ वटा खोप केन्द्रमार्फत भेरोसेलको दोस्रो मात्रा लगाइने जनाएको हो । गएको जेठमा भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई आउँदो २२ गतेदेखि दोस्रो मात्रा दिइँदै छ ।

वागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले सूचना निकालेर काठमाण्डाै महानगर, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका र शङ्खरापुर नगरपालिकाका विभिन्न ठाउँका खोप केन्द्रबाट खोप दिइने जनाएको छ।

काठमाण्डाै महानगरका १३ अस्पताल तथा स्वास्थ्य केन्द्रबाट खोप दिइनेछ भने अन्य स्वास्थ्य केन्द्रबाट खोप दिइने छ । भेरोसेलको दोस्रो मात्रा लगाउन असार २२ देखि २४ सम्म आफूलाई पायक पर्ने ठाउँमा बिहान १० देखि दिउँसो ४ बजेसम्म जान आग्रह गरिएको छ । खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया