महोत्तरी : नालाकाे पानी विद्यालयभित्र पस्दा लाखौँको क्षति

 असार १८, २०७८ शुक्रबार ९:४३:१७ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - महोत्तरीको गौशाला नगरपालिका-६ फुल्काहामा रहेको श्री माध्यमिक विद्यालय भेडियाहीकाे कक्षाकाेठाभित्र नालाको पानी पस्दा लाखौँको क्षति भएको छ । 

गएराति वर्षातको पानी कक्षाकोठाभित्र पस्दा पाँच लाख मूल्य बराबरको शैक्षिक सामग्री भिजेर नष्ट भएको विद्यालयले जनाएको छ । 

प्रधानाध्यापक शैलेन्द्र ठाकुरले दिएको जानकारी अनुसार विद्यालयको कोठाभित्र पानी पस्दा ८ वटा कम्प्युटर बिग्रिएको छ भने मोनिटर, प्रोजेक्टर, फोटोकापी मेसिनमा क्षति पुगेको हो । बालविकासको कक्षाकोठाभित्र नालाको पानी पस्दा चकटी, कार्पेट, खेल सामग्री लगायतका शैक्षिक सामग्रीमा क्षति पुगेकाे प्रधानाध्यापक ठाकुरले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा वडा कार्यालय, नगरपालिकाको कार्यालय र विद्यालय व्यवस्थापन समितिलाई जानकारी गराइ सकेको ठाकुरले बताउनुभयो । 

नालाकै कारण वर्षेनि विद्यालयमा क्षति हुने गरेकाले नालाको उचित निकासको लागि आफूले चाँडै नै पहल गरिने वडाअध्यक्ष नथुनी राउतले बताउनुभयो । चाँडै नै वडा कार्यालयले विद्यालय लगायतका आसपासका क्षेत्रमा रहेको सहायक सडकहरुलाई समेत व्यवस्थित गरिने वडाअध्यक्ष राउतले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया