लुम्बिनी : राज्यमन्त्री सुमन शर्माद्वारा राजीनामा

 असार १८, २०७८ शुक्रबार १४:२२:२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी नेपालबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री हुनुभएकी सुमन शर्मा रायमाझीले राजीनामा दिनुभएको छ ।

सरकारलाई जसपाको समर्थन र सहयोग नरहेको हुनाले सरकारमा रही निरन्तरता दिन नसक्ने राज्यमन्त्री रायमाझीले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।

लुम्बिनी प्रदेश सरकारमा ६ सांसद रहेको जसपाका चार सांसद मन्त्री बनेका थिए । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया