गोरखाको सिरानचोकमा पहिरोले पुरिएर दम्पतीको ज्यान गयो

 असार १९, २०७८ शनिबार ११:१७:४० | किरण लोहनी
unn.prixa.net

गोरखा - गोरखामा पहिरोले पुरिएर दम्पतीको ज्यान गएको छ । सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेमा पहिरोले पुरिएर ८० वर्षका रमन पाण्डे र ७० वर्षकी नन्दकुमारी पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले जानकारी दिनुभयो ।

बिहान साढे ६ बजेतिर घरमाथिबाट खसेको पहिरोले एक तले कच्ची घर पुरिँदा घरमै रहेका पाण्डे दम्पतीको ज्यान गएको हो । उनीहरुको शव झिकिएको पनि डीएसपी दाहालले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया