सुजिता ठाकुर हत्या प्रकरण : घटनाको एक महिनापछि प्रहरी कार्यालयमा जाहेरी दर्ता

 असार २१, २०७८ सोमबार १९:५४:५९ | धनवीर महतो
unn.prixa.net

फाइल फाेटाे

महोत्तरी – घटना भएको एक महिनापछि सुजिता ठाकुर हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दर्ता भएको छ । मृतक सुजिताका माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा सोमवार कर्तव्य ज्यान उद्योगमा जाहेरी दर्ता गराएका हुन् ।

गएकाे जेठ २० गते महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भमरपुरा गाउँमा ससुराली रहेको सुजिता ठाकुरलाई ससुराली पक्षबाटै हत्या गरिएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको हो ।

घटना भएको बेला सुजिताको ससुराली पक्षले अर्कै व्यक्तिसँग भागेको हल्ला चलाएकाे थियाे तर त्यसकाे दुई दिनपछि सुजिताका माइती पक्षले इलाका प्रहरी कार्यालय पर्सामा खोजीकाे निवेदन दिएका थिए । खाेजीकै क्रममा सुजिताका पाँच वर्षीय छोराले आमालाई काका र हजुरबुबाले मारेको बताएपछि घटना अन्यत्रै माेडिएकाे थियाे । त्यसपछि खोजी गर्ने क्रममा प्रहरीले सुजिताको शव उनकै खेतमा गाडिएको अवस्थामा भेटेकाे थियाे । 

यसअघि गएकाे असार ४ गते पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी जिल्ला प्रहरी कार्यालयले दर्ता गर्न नमानेको बताइएकाे थियाे । पछि असार ६ गते प्रहरीले सुजिताको खोजीकाे निवेदन मात्र लिएकाे थिए । तर पनि प्रहरीले त्यति चासाे नदिएकाे पीडित पक्षले बताउँदै आएका थिए । त्यसपछि साउदीबाट सुजिताका दाइ जितेन्द्र पाण्डेले सामाजिक अभियन्ता सरोज रायलाई सहयाेगका लागि आग्रह गर्नुभएपछि पीडित परिवारले दिएको जाहेरी दरखास्त महोत्तरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको बताइएकाे छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया