कालीकोटमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयाे

 असार २२, २०७८ मंगलबार ९:०:५८ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट - कालीकोटको रास्कोटमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् ।

१ ज २३ नम्बरको जीप शान्तिघाटको ओरालो बाटोमा दुर्घटना हुँदा सान्नीत्रिवेणी ३ की ३५ वर्षीया पम्फा फडेराको ज्यान गएको कालीकोटका डीएसपी चक्रबहादुर शाहले बताउनुभयो । घाइतेको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया