बाढीबाट क्षति पुगेका संरचनाकाे पुनर्निर्माणमा ढिलासुस्ती नगर्ने प्रधानमन्त्रीको आश्वासन

 असार २६, २०७८ शनिबार २०:८:५९ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चाेक – प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची–हेलम्बुकाे पुनर्निर्माणमा ढिलासुस्ती नगर्ने आश्वासन दिनुभएकाे छ । बाढी प्रभावित सिन्धुपाल्चाेककाे मेलम्ची र हेलम्बु दाैडाहामा जानुभएका प्रधानमन्त्री ओलीले बाढीले भत्काएको पुल, विद्यालय सरकारले बनाउने घोषणा गर्नुभएकाे हाे ।   

यस्तै उहाँले मेलम्ची–हेलम्बुमा बाढीबाट क्षति पुगेका तीन सय ६६ पीडित घरपरिवारलाई ५०/५० हजार रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ । साथै घाइतेकाे उपचार सरकारले गर्ने प्रधानमन्त्री ओलीले बताउनुभएकाे छ । 

गएकाे असार १ गते मेलम्ची खोलमा आएको बाढीको निरीक्षणका क्रममा ओली मेलम्ची र हेलम्बुमा अवलाेकन गर्न जानुभएकाे हाे । उहाँले पीडित परिवारलाई १५ सय बन्डल जस्तापाता उपलब्ध गराउने पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया