धनुषामा एक महिला मृत भेटिइन्

 असार २८, २०७८ सोमबार ११:२९:५ | धनवीर महतो
unn.prixa.net

धनुषा - धनुषाको बटेश्वरमा एक महिला मृत भेटिएकी छिन् । बटेश्वर गाउँपालिका वडा नं २ भूचक्रपुर कहचरीटोल बस्ने रामभरोस महतोकी २० वर्षीया श्रीमती रञ्जु महतो मृत भेटिएकी हुन् । गएराति आफ्नै घरको ओछ्यानमा उहाँ मृत भेटिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

रञ्जुको घाँटीमा झुन्डेर आत्महत्या गरेको जस्तो डाम देखिएकोले घटना शङ्कास्पद रहेको प्रहरी निरीक्षक तिलक सुनारले बताउनुभयो ।  शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।  माइती पक्षले भने रञ्जुको हत्या भएको दाबी गरेको छ । रञ्जुको विवाह गएको फागुन २० गते समाजिक परम्परा अनुसार भएको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया