ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा धादिङमा दुई जनाकाे ज्यान गयाे

 असार २९, २०७८ मंगलबार १८:१:२५ | सिताराम अधिकारी
unn.prixa.net

फाइल फाेटाे

धादिङ – धादिङको थाक्रे गाउँपालिका ६ महादेवबेसीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएकाे छ ।  

नौबीसेबाट गल्छी जाँदै गरेको ना ४ ख ९४४ नम्बरको ट्रकले बा ७३ प २१७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोटको विदुर नगरपालिका १३ का ३५ वर्षीय नारायण शिवभक्ती र उहाँका छोरा १० वर्षीय आर्यनकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । छाेराकाे घटनास्थलमै र बाबुकाे उपचारका क्रममा काठमाण्डाैकाे ट्रमा सेन्टरमा ज्यान गएकाे हाे । 

यस्तै दुर्घटनामा मोटरसाइकल चालक धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका २० वर्षीय जीवन घर्ती घाइते हुनुहुन्छ । उहाँकाे ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले ट्रकसहित चालकलाई नियन्त्रणमा लिएकाे छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया