मन्त्रिपरिषद् बैठक बस्दै

 असार ३१, २०७८ बिहिबार ११:४५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आज शुक्रवार मन्त्रिपरिषद् बैठक बस्दै छ । दिउँसो २ बजे बैठकले पुनर्स्थापित प्रतिनिधि सभा बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गर्ने सम्भावना रहेको छ । 

गएको सोमवार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा पुनर्स्थापना गरी सात दिनभित्र संसद् बैठक बोलाउन आदेश जारी गरेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि दोस्रो पटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । 

यसअघि मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो चैतसम्म सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया