नेत्रहीन क्रिकेट टी–२० विश्वकप आजदेखि शुरू : नेपालले श्रीलङ्का...
मंसिर ८, २०८१ शनिबार
सप्तरी – सप्तरीमा मेला हेरेर फर्केकी एक युवती सामूहिक बलात्कार भएको खुलासा भएको छ ।
रक्षाबन्धनको दिन सप्तरीको खड्ग नगरपालिकाको अर्नाहामा लागेको राखी मेला हेरेर घर फर्किने क्रममा ६–७ जनाले सामूहिक बलात्कार गरेको भन्दै शम्भुनाथ नगरपालिकाकी २० वर्षीया युवतीले प्रहरीमा उजुरी दिएकी हुन् ।
मेला चलिरहेका बेला एक्कासि पानी पर्न थालेपछि साथीहरुसँग छुटेकी उनी करिब ९ बजेतिर घर जाने क्रममा बीच बाटोमा एक्लै भएको अवस्थामा बलात्कारको शिकार भएकी हुन् ।
मदिरा सेवन गरेका युवाहरुले आफूलाई एकान्त ठाउँमा लगी बलात्कार गरेको युवतीले उजुरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो ।
युवतीको उजुरीको आधारमा प्रहरीले बलात्कारको आरोपमा पाँच जना बलात्कारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरीको शम्भुनाथ नगरपालिका ५ बस्ने २० वर्षीय विक्रम सरदार, २६ वर्षीय कृष्णनारायण साह, २७ वर्षीय मनोजकुमार राम, कञ्चनरुप नगरपालिका ११ बस्ने २४ वर्षीय हिरालाल साह १८ वर्षीय राजकुमार भगत रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाँचै जनालाई जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।