लुम्बिनी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने

 साउन १, २०७८ शुक्रबार १२:२०:३६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

फाइल फाेटाे

रुपन्देही - लुम्बिनी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने भएको छ । बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत बजेट ल्याउने निर्णय गरेको प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो । दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर यसबारेमा सम्पूर्ण जानकारी दिइने उहाँले बताउनुभयो ।

नियमित अधिवेशनबाट बजेट पारित गर्न नसकिने भएपछि लुम्बिनी प्रदेश सरकारले बजेट अधिवेशन नै गएराति अन्त्य गरिदिएको थियो । सरकारले अधिवेशन अन्त्य गरेपछि कांग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनले अधिवेशन अन्त्यको विरोध गर्दै संसद अधिवेशन सुरु गर्न सभामुख पूर्णबहादुर घर्तीलाई अनुरोध गर्ने तयारी गरेका छन् ।

माओवादी केन्द्रका प्रदेश सभा सदस्य सुदर्शन बरालले सभामुखलाई अधिवेशन सुरु गर्न आग्रह गर्ने बताउनुभयो । ८३ सदस्यीय प्रदेश सभामा एमाले र जसपाको महन्थ ठाकुर पक्षका ३ गरी ४१ जना सांसद छन । विपक्षी गठबन्धनसँग सभामुखसहित ४२ जना सांसद छन् । विपक्षी गठबन्धनले सरकारले सदनबाट वैधानिकता पुष्टि गर्नुपर्ने माग गर्दै आएको छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया