देउवा नेतृत्वकाे गठबन्धन अस्वस्थ र अप्राकृतिक : केपी ओली

 साउन १, २०७८ शुक्रबार १९:१६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन अस्वस्थ र अप्राकृतिक रहेको बताउनुभएको छ । 

शुक्रवार नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन अस्वस्थ, अपवित्र र अप्राकृतिक गठबन्धन रहेको बताउनुभएको हो । उहाँले गठबन्धनले लोकतान्त्रिक मूल्य–मान्यता र दलीय व्यवस्थालाई तोडेको बताउनुभयो । गठबन्धनले निर्दलीय अभ्यास र आचरणको वकालत गरेको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अस्वस्थ, अपवित्र, अप्राकृतिक गठबन्धन रहेको छ राजनीतिक क्षेत्रमा । त्यस गठबन्धनले लोकतन्त्रको मूल्य–मान्यता तोडेको छ । दलीय प्रणाली, दलीय व्यवस्था, त्यसका सञ्चालन विधि, ती कुरालाई तोडेको छ । र एउटा अनुशासनहीन, अराजक, निर्दलीय अभ्यास र आचरणको वकालत गरेको छ । अवलम्बन गरेको छ । यो धेरै गम्भीर कुरा हो लोकतान्त्रिक आन्दोलनका लागि ।

उहाँले नेपालको चुनाव पद्धति अस्थिरता जन्माउने खालको भएको पनि बताउनुभयो । उहाँले एमाले नेतृत्वको सरकारमाथि विभिन्न खालका षड्यन्त्र भएको उल्लेख गर्दै सरकार निर्माणताका नै एमालेबाहेकको सरकार बनाउने प्रयास गरिएको पनि स्मरण गर्नुभयो । 

 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया