प्रदेश-२ का मन्त्री यादव र राज्यमन्त्री कुशवाहद्वारा राजीनामा, माओवादी केन्द्र पनि सरकारमा सहभागी हुने

 साउन २, २०७८ शनिबार ९:५४:६ | धनवीर महतो
unn.prixa.net

सप्तरी - मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिनुभएको छ ।  नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउनका लागि मन्त्री यादव र राज्यमन्त्री कुशवाहाले राजीनामा बुझाउनु भएको हो ।  

जनता समाजवादी पार्टीबाट नेतृत्व गर्दै आउनुभएका मन्त्रीद्वयले आजै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसमक्ष स्वेच्छाले राजीनामापत्र बुझाउनुभएको  स्रोतले जनाएको छ । यसैबीच  मुख्यमन्त्री राउतले आज शनिवार माओवादी केन्द्रलाई एक मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको छ ।

पहिलेदेखि दुईवटा मन्त्रालय मात्र लिएर प्रदेश सरकारमा सहभागी हुने अडानमा रहेको माओवादी केन्द्र एक महत्त्वपूर्ण मन्त्रालय लिएर सरकारमा सहभागी हुने तय भएको हो । प्रदेश सरकारमा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह मन्त्री र रुवी कर्ण राज्यमन्त्रीको रुपमा प्रदेश सरकारमा सहभागी हुनुहुने भएको छ। दुवै जनाले आज दिउँसो ३ बजे मधेश भवनमा पद तथा गोपनीयताको शपथ लिने तयारीमा जुट्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया