अमेरिकाले ब्यालेस्टिक मिसाइलमा संलग्न पाकिस्तानका चार कम्पनीला...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिनको काम अन्तिम चरणमा पुगेको छ । छानबिन समितिका केन्द्रीय सदस्य प्रदीप पौडेलले क्रियाशील सदस्यता छानबिनको काम अन्तिम चरणमा पुगेको बताउनुभएको हाे ।
जिल्लाबाट पठाएका क्रियाशील सदस्यहरुको फाइल हेरेर छानबिन प्रक्रिया अन्तिम अवस्थामा पुर्याएको उहाँको दाबी छ । ७७ मध्ये ७५ जिल्लाको काम सकिएको र अबको केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरुको पनि छानबिन गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने निर्णय भएको पौडेलले जानकारी दिनुभयो ।
पार्टीको १४ औँ महाधिवेशनमा ८ लाख ५२ हजार क्रियाशील सदस्यको प्रवेश भएको उहाँको भनाइ छ । तर यसमा कतिपय सदस्य उजुरीका आधारमा हट्ने र केही वडामा थपिन पनि सक्ने पौडेलले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म जनसम्पर्क समितिका क्रियाशील सदस्यता नआइसकेकोले ८ लाख ५० हजार क्रियाशील सदस्य कायम हुनसक्ने अनुमान छ ।
छानबिन समितिका सदस्य पौडेलले अबको ३/४ दिनमा क्रियाशील सदस्यको 'हार्डकपी' बुझाउने गरी तयारी भैरहेको पनि जानकारी दिनुभयो । सहमति र मापदण्ड दुवैबाट नटुंगिएकालाई पदाधिकारीमा पठाइएको र यसरी पठाउने वडाको संख्या ७० भन्दा बढी रहेको नेता पौडेलकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।