सरकारको पक्षमा विश्वासको मत दिन आफ्ना सांसदहरुलाई कांग्रेसकाे ह्वीप जारी

 साउन ३, २०७८ आइतबार १६:४५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेस संसदीय दलको बैठकले आइतबारको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थिति भएर सरकारको पक्षमा विश्वासको मत दिन सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

नयाँ बानेश्वरको संघीय संसद भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकले कांग्रेसका सम्पूर्ण सांसदहरुलाई प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित भएर सरकारलाई विश्वासको मत दिन ह्वीप जारी गरेको नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बताउनुभयो ।

कांग्रेसले आफूलाई साथ दिने अन्य राजनीतिक दलहरुलाई पनि विश्वासको मतको पक्षमा साथ दिन आह्वान गरेको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया