एक मात्रा लगाए हुने जोनसनको खोप आजदेखि लगाइँदै, प्रधानमन्त्री देउवाले खोप केन्द्रको स्थलगत निरीक्षण गर्दै

 साउन ४, २०७८ सोमबार ७:२८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत आजदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोनसन एण्ड जोनसन खोप लगाइँदै छ । 

एक मात्रा मात्रै लगाए हुने यो खोप बिहान १० बजेदेखि देशका विभिन्न ठाउँबाट दिइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर डाक्टर समिर अधिकारीले जानकारी दिनुभयो । आजदेखि पर्सिसम्म जोनसन एण्ड जोनसनको खोप लगाइने उहाँले जानकारी दिनुभयो ।

यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइँदै छ । यसैबीच, आज प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डौ उपत्यकाभित्रका खोप केन्द्रहरुको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुहुने भएको छ । 

प्रधानमन्त्री देउवाले नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबाैद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका केन्द्रको स्थलगत निरीक्षण गर्नुहुने छ ।

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया