चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत अवस्थामा फेला

 साउन ४, २०७८ सोमबार १७:४६:५३ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैँडा मृत अवस्थामा फेला परेका छन् । आइतवार दुई वटा गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । 

निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिनुभयो । नारायणी नदी किनारमा बालुवामा गडिएको अवस्थामा यो गैँडा फेला परेको उहाँले बताउनुभयो । 

यसैगरी कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैंडा मृत अवस्थामा फेला परेको छ । यो गैँडा बाढीले बगाएर मृत अवस्थामा फेला परेको बरालले बताउनुभयो । 

दुवै गैँडाको खाग र खुर भने सुरक्षित रहेको छ । गएको आर्थिक वर्षमा प्राकृतिक कारण तथा चोरी–सिकारबाट निकुञ्जमा ३२ र अघिल्लो आवमा प्राकृतिक कारणले २६ गैँडा मरेका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया