काठमाण्डौसहित केही ठाउँमा बदली र वर्षा, उडान प्रभावित
फागुन २९, २०८१ बिहिबार
काठमाडाैं – काठमाडौंका मुख्य सडकमा गाडी चलाउन मात्रै होइन, पैदल हिँड्न पनि सास्ती भएको छ । बिमस्टेक सम्मेलनमा सहभागी हुन विशिष्ट पाहुना आउने क्रम सुरु भएकाले प्रहरीले मुख्य सडकमा पैदल हिँड्न पनि रोक लगाएको छ । विशिष्ट व्यक्तिको सवारीको बेला सवारी हुने रुटमा पैदल हिँड्न रोक लगाइएको हो ।
एयरपोर्टदेखि तीनकुने, बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी र सोल्टीमोडसम्मको सडकमा विशिष्ट व्यक्ति सवारीको बेला केहीबेर पैदल हिँड्न पनि नपाइने प्रहरीले जनाएको छ ।
बिहीबार र शुक्रबार हुने बिमस्टेक सम्मेलनमा सहभागी हुने आउने विदेशी विशिष्ट अतिथि तथा प्रतिनिधिहरूको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन भन्दै ३ दिन काठमाडौंमा जोर, बिजोर प्रणालीमा गाडी सञ्चालनको नियम लागू भएको छ । यसअनुसार बुधबार बिजोर नम्बर प्लेटका गाडी मात्रै सडकमा गुडेका छन् । बिहीबार जोर नम्बर र शुक्रबार बिजोर नम्बरका गाडी मात्र चल्न पाउने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नम्बर प्लेटको पछाडिको अंक १, ३, ५, ७ र ९ भए बिजोर र ०, २, ४, ६ र ८ भए जोर हुन्छ ।
जोर विजोर प्रणाली बिहान ६ बजेदेखि राति १० बजेसम्म मात्र लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।