अर्घाखाँचीका कुनै गाउँमा बिजुली नपुगेको भए सूचना दिन प्राधि...
फागुन २९, २०८१ बिहिबार
काठमाण्डौ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो चैत ५ गते चीनको छेन्दुसम्म पहिलो व्यावसायिक चार्टर्ड उडान हुने भएको छ । विमानस्थल उद्घाटन भएको दुई वर्षपछि व्यावसायिक चार्टर्ड उडान हुन लागेकाे पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहरीले जानकारी दिनुभयो ।
यसमा विशेषतः चीनको चाइना ट्राभल्स इन्टरनेशनल छेन्दुले शुरुआती उडानहरूमा सहकार्य गरिरहेको बताउँदै उहाँले नेपालको चाइनिज ओभरसिज एशोसिएशनको पनि संयोजनकारी भूमिका रहेको जानकारी दिनुभयो । यो उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन चलायमान हुने विश्वास छ ।
शुरुआती चरणमा केही व्यावसायिक चार्टर्ड उडानबाट शुरू गरेर यसलाई व्यावसायिक उडानमा परिणत गर्न पोखरा पर्यटन परिषद् र समग्र पर्यटन व्यवसायीहरू निरन्तर प्रयासमा लागिरहेका छन् । ठूलो जनसङ्ख्या रहेको चीनबाट पर्यटक भित्र्याउन सकेमा त्यसले पोखरासहित समग्र नेपालको पर्यटनमा महत्त्वपूर्ण योगदान पुग्ने छ ।
उडानको तालिका अनुसार चैत ५ गते छेन्दुबाट बिहान १० बजे एक सय २७ जना चिनियाँ यात्रु लिएर विमान पोखरा विमानस्थल अवतरण गर्नेछ । दिउँसो १२ बजे एक सय २७ जना पर्यटन व्यवसायी पोखराबाट छेन्दु प्रस्थान गर्नेछन् ।
विमानस्थल सञ्चालनको दुई वर्षसम्म पनि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेकाे अवस्थामा पहिलो पटक हुन लागेको व्यवसायिक चार्टर्ड उडान महत्त्वपूर्ण रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।