अपराध गर्नेलाई सरकारले अनुहार हेर्दैन : प्रधानमन्त्री ओली
मंसिर ७, २०८१ शुक्रबार
नेपालमा महिलाहरूको श्रम शक्तिमा संलग्नता अग्रणी नै छ । यसको बारेमा धेरै सर्वेक्षणहरू त भएको छैन । तर पनि भारत बङ्गलादेशको भन्दा तुलनामा नेपालमा महिलाहरूको श्रम सहभागिता अग्रणी छ ।
विदेशबाट पठाएको पैसाबाट महिलाहरूले चलाएको घरको अवस्थाको कुरा गर्दा, कतै कतै श्रीमान् परदेश लागेपछि घर बिग्रेको कुराहरू पनि सुनिन्छ । तर महिलाहरूले सञ्चालन गरेको घर मात्र होइन, आर्थिक क्रियाकलापमा पनि बढी इमानदारिता देखिन्छ ।
घरको खर्च गर्दा बजेटको एकदम राम्रो प्राथमिकिकरण गरेको पाइन्छ । महिलाहरूले चलाएको घरमा बच्चा बच्चीको फिस तिर्ने, पौष्टिक आहार खुवाउने, घरमा बूढापाका मानिस छन् भने उहाँहरूको पनि रेखदेख गर्ने कामहरु महिलाहरूले राम्रोसँग गरिरहेको देख्छु । उनीहरूले जति पैसा रेमिट्यान्सबाट पाउँछन् त्यसबाट नै यी कुराहरू व्यवस्थित रूपमा गरिरहेका हुन्छन् । उनीहरूले चलाएको घर आर्थिक सामाजिक रूपले पुरुषले चलाएको भन्दा घरभन्दा व्यवस्थित छ जस्तो मलाई लाग्छ ।
पुरुषको भयो भने तास खेल्ने, रक्सी खाने, डुल्न जाने, बजारमा गएर चिया खाने, गफ गर्ने हुन्छ गरेका पाइन्छ । तर महिलाले आफ्नो आवश्यकता के हो भनेर छुट्याउँछन् । खानेकुराहरू, बच्चाको स्कुल फिस, घर परिवार, स्वास्थ्यका कुराहरू, बच्चा बिरामी हुँदा अस्पताल लाग्न पर्यो, खोप लगाउन पर्यो, दसैँ तिहारजस्ता चाडबाड धान्ने, पाहुनाहरू हेर्ने लगायतका कामहरु पनि गरिरहेका हुन्छन् ।
श्रीमान् परदेश हिँडेपछि चाप त महिलालाई धेरै छ । तर मेरो अनुभवमा श्रीमानले विदेशबाट पैसा पठाएर घरको व्यवस्थापन महिलाहरूले राम्रो गरेको देखेको छु । कतिपय त म यस्तो पनि सुन्छु जस्तो खर्च गरेर केही पैसा उब्रियो भने साथीभाइसँग सरसल्लाह गर्ने, के गर्ने, कहाँ लगानी गर्ने या बचत गर्ने भन्ने कुराहरू गरेको र बचत पनि गरेको पाइन्छ ।
पुरुषको अनुपस्थितिमा उनीहरूले जसरी घर व्यवहार सबै धानिरहेका हुन्छन्, उनीहरूको योगदानको कदरको साटो हाम्रो समाजमा उनीहरूलाई नकारात्मक रूपमा हेर्ने, त्यही किसिमको व्यवहार गरेको पनि पाइन्छ ।
प्राय ः रेमिट्यान्समा जाने मानिस न्यून आय वर्गको हुन्छन् । सहरी इलाकाको भन्दा पनि गाउँघरतिरका युवाहरू बढी परदेशिएको देखिन्छ ।
सहरतिर त्यति वास्ता गर्दैनन् । चिनजान भएको मानिस छन् भने कस्तो राम्रोसँग घर चलाउनुभएको रहेछ, तपाईँबाट त सिक्नु पर्ने रहेछ भनेको पनि पाइन्छ ।
अब गाउँको कुरा गर्दा गाउँ ठाउँमा कुरा काट्ने, यो एक्लै बसेकी छ, चाल ठिक छैन, श्रीमान् पनि छैन भन्ने कुरा गरेको पाइन्छ ।
बजारमा किनमेल गर्न आफैँ जान पर्यो । बच्चाको स्कुलमा आफैँ जान पर्यो । धारा बिजुली, टेलिफोन मालपोत सबै तिर आफैँ पुग्न पर्यो ।
अहिले पनि हाम्रो समाजमा पुरुष प्रधान सोच बढी भएकाले यसरी घर चलाएका महिलालाई नकारात्मक दृष्टिकोणले हेर्ने गरेको पाइन्छ ।
उनीहरूले त वास्तवमा घर व्यवहार, बालबच्चा र सिङ्गो परिवारको जिम्मेवारी एक्लै उठाएर श्रीमानलाई परदेशमा कमाइ गर्न सघाइरहेका छन् ।
सबैले यो कुरालाई प्रवर्द्धन गर्नुपर्छ । मैले पटक पटक महिलाले गरेको आर्थिक व्यवहार राम्रो हुन्छ भनेर किन भनेको भने जस्तो उदाहरणका लागि लघुवित्तमा कारोबार गर्ने अधिकांश महिला हुन्छन् । उनीहरूसँग कारोबार गर्दा असुलिदर ९८ देखि सय प्रतिशत पनि हुन्छ । तर त्यस्तै पुरुषहरूको समूह बनाएर कारोबार गर्नुभयो भने असुली गर्नै गाह्रो हुन्छ । यो मेरो व्यक्तिगत अनुभव हो ।
मैले राष्ट्र बैंकमा जागिर खादादेखि अहिले पनि एउटा लघुवित्त व्यवस्थापनको काम गरिरहेको छु । एक प्रयोजनका लागि लिन्छु भनेर अर्को गर्ने पनि पाइन्छ । तर महिलाहरूको त्यो देखिएको छैन । लघुवित्तको ऋणको एक महिनामा किस्ता बुझाउनु छ भने किस्ता बुझाउने बेलामा तयार राखेका हुन्छन् महिलाहरूले ।
अर्को कुरा पसलहरूमा सहकारी संस्थाका कर्मचारी आएर रकम उठाइरहेका हुन्छन् । महिलाले चलाएको पसलमा धेरै जम्मा गरिरहेको देख्छु म । त्यसैले महिलाहरूले चाहिँ के सोच्ने रहेछन् भने भोलिको दिन आजभन्दा खतरा हुनसक्छ । गाह्रो सारो पर्न सक्छ । बचाउ नपर्ने रहेछ भन्ने पुरुषमा भन्दा बढी महिलामा हुन्छ ।
त्यसैले मिलाएर पुर्याएर खर्च गर्ने, घर परिवारमा बच्चा बच्चीदेखि सासु ससुरालाई चित्त बुझाउने र बचत पनि गर्ने महिलाहरूको गरेको देखिन्छ । यो अर्थतन्त्रको लागि राम्रो हो ।
फुर्मास खर्च नगर्ने, आफ्नो देशमा उत्पादन गर्ने, आफ्नै देशको उत्पादन किन्ने र महँगो चिजहरू नकिन्ने गर्नुभयो भने आफ्नै देशको उत्पादन प्रवर्द्धन हुने भयो । बचत गर्नुभयो भने सहकारी वा बैंकमा थुप्रिन पछि कर्जा लिएर कारोबार पनि गर्न सकिने भयो । यो त देशको लागि सकारात्मक र स्वागत योग्य काम हो ।
अहिले हुने राष्ट्रिय जनगणना त कोरोनाले गर्दा पर सर्यो । तर २०६८ सालको जनगणना हुँदा त्यो बेला डा. मीना आचार्यले केन्द्रीय तथ्याङ्क विभाग, योजना आयोगमा गएर महिलाहरूले गरेको कामको राष्ट्रिय गणनामा,
कुल गार्हस्थ उत्पादनमा प्रतिबिम्बित हुन पर्यो भनेर कुरा उठाउनुभयो र केही कुराहरू भएको पनि छ । महिलाहरूले घाँस दारा ल्याउने, पानी ओसार्ने, बच्चाको हेरचाह, बुढा बुढीको हेरचाह गर्ने सबै घरको काम गरिरहेका हुन्छन् । भनेपछि यदि यो काम गर्न मैले मानिस राख्न पर्यो भने त पैसा लाग्छ ।
त्यस कारण महिलाले घरमा गरेको कामको पनि आर्थिक गणनामा हिसाब हुन पर्छे भन्नुभयो र केही कुरा आएको पनि छ । २०७८ सालमा फेरि राष्ट्रिय जनगणना हुँदै छ । त्यसैले एक पटक फेरि राष्ट्रिय तथ्याङ्कमा हाम्रो
कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रमा पुरुषले गरेको मूल्य अभिवृद्धि यति, महिलाले गरेका यति, सेवा क्षेत्रमा यति, स्वास्थ्यमा, शिक्षा लगायतमा यति भन्न सकिन्छ ।
स्कुलहरूमा महिला शिक्षिकाहरू धेरै हुनुहुन्छ, स्वास्थ्य क्षेत्रमा पनि नर्स र महिला डाक्टरहरूको सङ्ख्या छ ।
त्यस कारण नमुना सर्वेक्षण गरेर भए पनि यो यो क्षेत्रमा महिलाहरूले गरेको आर्थिक योगदान यति छ भनेर भन्न सक्यो भने हुन्छ । यसले प्रेरणा दिन्छ र महिलाहरूलाई प्रोत्साहन हुन्छ । अहिले त पालिका सरकार छ । कम्तीमा पालिका तवरमा मात्रै केही नभए पनि महिलाहरूको यो क्षेत्रमा यति योगदान भनेर नमुना सर्वेक्षण गर्न सकिन्छ ।
यसो गर्न सक्यो भने उनीहरूको योगदानको कदरसँगै भोलि केन्द्रीय तथ्याङ्क विभागलाई, राष्ट्रिय योजना आयोगलाई र अर्थ मन्त्रालयलाई दबाब पनि पर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार समेत रहिसक्नुभएका आचार्य वरिष्ठ अर्थविद् हुनुहुन्छ ।