परिवर्तन, प्रणाली र संविधानकाे रक्षा गर्न कांग्रेस सधैँ तयार छ : उपसभापति निधि

 साउन ७, २०७८ बिहिबार २०:१०:२ | धनवीर महतो
unn.prixa.net

फाइल फाेटाे

महोत्तरी – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले परिवर्तन, प्रणाली र संविधानको रक्षाका निम्ति आफ्नाे पार्टी सधैँ तयारी अवस्थामा रहने बताउनुभएको छ । 

महोत्तरीको जलेश्वरमा आयोजित महेश्वर प्रसाद सिंह स्मृति भवन उद्घाटन तथा शालिक अनावरण समारोह कार्यक्रममा कांग्रेसका उपसभापति निधिले आफ्नाे पार्टीले देशमा परिवर्तन, प्रणाली र संविधान ल्याउनका लागि दृढतापूर्वक अथक भूमिका निर्वाह गरेकाले यसकाे रक्षाका निम्ति सधैँ तयार रहेकाे बताउनुभएकाे हाे । 

महेश्वर प्रसाद सिंहले मधेशमा दिएको योगदानलाई कसैले बिर्सन नहुने बताउँदै नेता निधिले उहाँकाे याेगदानलाई सबै आ–आफ्नाे भाषामा त्यसलाई जीवन्त राख्ने किसिमले भूमिका निर्वाह गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । 

कार्यक्रममा नेता निधिले प्रदेश नं. २ को विकासका लागि अझ पनि नेपाली कांग्रेसको आवश्यकता रहेकोप्रति जोड दिनुभएको छ । देशमा विकास, समृद्धि र आर्थिक समुन्नतिको अभिभारा नेपाली कांग्रेसको काँधमा रहेकाले आउँदाे १४ औँ महाधिवेशनले अझ सशक्त भूमिकामा प्रस्तुत हुने उहाँकाे भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया