सुदूरपश्चिमका सात वटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पहिरोले बन्द

 साउन ९, २०७८ शनिबार १०:४६:१३ | विमल बिष्ट
unn.prixa.net

डोटी - सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पहिरोले बन्द भएको छ। लगातारको वर्षापछि खसेकाे पहिरोले राजमार्ग बन्द भएको हो । 

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान गैरा नजिक पहिरो खस्दा राजमार्ग बन्द भएको हो । सडक माथिबाट ठूलाठूला ढुङ्गा र रुखहरु खसेका छन् । सडक डिभिजन कार्यालयको डोजरसहित पहिरो पन्छाउने काम भइरहेको प्रहरी चौकी गैराले जनाएको छ । 

पहाडी जिल्लाबाट तराई तथा तराईबाट पहाडका लागि छुटेका सयौँ गाडी र यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया