दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - नेपाल कम्युनिस्ट पार्टी नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवस आज कम्युनिस्ट पार्टीहरुले विशेष कार्यक्रम गरी मनाउँदैछन् ।
नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा बिहान श्रद्धाञ्जली कार्यक्रम गरेको छ । कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई राम्रो काम गर्न चुनौती रहेको भन्दै मन्त्रीहरुलाई लापरबाही नगर्न निर्देशन दिनुभएको छ ।
२००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने नेताहरुमध्ये कर्माचार्य पनि एक हुनुहुन्थ्यो । विसं १९८१ कात्तिक १४ गते ललितपुरमा जन्मेका कर्माचार्यको ८९ वर्षको उमेरमा २०७० साउन ९ गते निधन भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।