कांग्रेस पदाधिकारी बैठक ढिलो गरी सुरु, महाधिवेशनको तयारीबारे छलफल हुँदै

 साउन १२, २०७८ मंगलबार ११:४७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको पदाधिकारी बैठकमा महाधिवेशनको तयारीबारे छलफल भइरहेको छ। प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा बिहान राजनीतिक भेटघाटमा व्यस्त हुँदा ९ बजे बस्ने भनिएको बैठक झण्डै दुई घण्टा ढिलो गरी बसेको हो ।

बूढानीलकण्ठमा भइरहेको बैठकमा १४ औं महाधिवेशनको तयारी र वडा अधिवेशनबारे छलफल भइरहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाण्डौमा गर्ने कार्यतालिका छ । यस्तै, बैठकमा आज क्रियाशील सदस्यता छानबिन गर्न गठित समितिले प्रतिवेदन पनि बुझाउँदै छ ।

रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले झण्डै पाँच महिना लगाएर प्रतिवेदन तयार पारेको छ । 
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया