अर्थमन्त्री भन्छन् : ‘सनसनीपूर्ण खबरले एकदिन त मजा आउला, तर त्यो टिक्दैन

 भदौ १३, २०७५ बुधबार १७:८:३० | उज्यालो सहकर्मी

काठमाडौं – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले देश सम्बृद्धिको दिशातर्फ अघि बढेकाले त्यसमा सञ्चार क्षेत्रको पनि महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।  

नेपाल आर्थिक पत्रकार समाज सेजनको १९ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री डाक्टर खतिवडाले आर्थिक विषयमा आर्थिक पत्रकारले खोजमूलक रिपोर्टिङ गरेमा त्यसले देशलाई नै फाइदा पुग्ने तर पत्रकारले जथाभावी लेख्दा भने समस्या हुने बताउनुभयो ।

‘आर्थिक पत्रकार समाजलाई मेरो अनुरोध के हो भने, तपाईँहरु अनुसन्धानात्मक काममा पनि लाग्नुस्’, अर्थमन्त्री खतिवडाले भन्नुभयो, ‘सनसनीपूर्ण समाचारले एकदिन त मजा आउला तर त्यो टिक्दैन, आजकाल दिनैपिच्छे एजेन्डा फेरिन्छन तर त्यसलाई अनुसन्धान गरेर लेख्दा स्वस्थ आर्थिक विकासमा फाइदा नै पुग्ला ।’

सरकारले काम गरिरहेको भन्दै नतिजाको लागि केही समय पर्खनुपर्ने उहाँको भनाई छ । ‘सरकारले काम गरिरहेको छ, कतिपय कामको आज नै रिजल्ट नआउन सक्छ, तर सरकारले काम गरिरहेको त्यसको रिजल्ट केही समय पछाडि राम्रै आउँछ ।’

नेपालको अर्थतन्त्र अहिले कुनै घाटामा नरहेको भन्दै अर्थमन्त्री खतिवडाले आफूहरु सवल अर्थतन्त्र निर्माण गर्ने दिशामा अघि बढेको पनि दावी गर्नुभयो ।

‘समग्र अर्थतन्त्रका राम्रा पक्षलाई एउटा दुइवटा पक्षको नकाव लगाएर नढाकिदिनुहोला, केहि नराम्रा पक्ष पनि होलान तर तपाइँहरुको फोकस धेरै राम्रा पक्षमा हुनुपर्छ भन्ने मलाइ लाग्छ’, अर्थमन्त्री खतिवडाले भन्नुभयो । 

जहाज ल्याएको नदेख्ने, व्यापार घाटा मात्रै देख्ने

अर्थमन्त्री खतिवडाले व्यपार घाटा धेरै भयो भनेर अत्तालिनुपर्ने अवस्था पनि नरहेको बताउनुभएको छ । नेपालले सुखसयल र मोजमस्तीको लागि सामान आयात गरे या विकास निर्माण र लगानीको लागि गरे भन्ने कुरामा पत्रकार प्रष्ट हुनुपर्ने उहाँको भनाई छ । 

‘हामीले व्यापार घाटाको संरचनात्मक पक्ष बुझ्नुपर्छ, नेपालले जहाज किन्यो, जहाज आउँछ व्यापार घाटा बढ्छ, अनि सेवाको आम्दानी भएको कसैले देखिँदैन, अनि सरकारले गाली खान्छ’, अर्थमन्त्री खतिवडाले भन्नुभयो । 

बस्तुको आयात गरेर सेवाको निर्यात हुनु राम्रो नभएको भन्दै उहाँले उद्योगी व्यवसायीलाई व्यापार घाटा चुलियो भनेर चिन्तित नहुन पनि आग्रह गर्नुभयो । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया