‘माओवादीमा छैनौँ, एमाले भएनौँ, हामी कहाँ जाने ?’

 साउन १३, २०७८ बुधबार १५:११:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाकाे माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । 

आफूहरूले माओवादी छाडेको र एमाले प्रवेश गरेको घोषणा नगरे पनि माओवादीले दल त्याग गरेको भन्दै कारबाही गरेकाले आफूहरू अन्यायमा परेको नेता टोपबहादर रायमाझीको गुनासो छ । ‘माओवादीले हटाइदियो, सर्वोच्चले एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई मान्यता दिएन, निर्वाचन आयोगमा हामी एमाले हो भन्ने प्रमाण छैन, हामी त अहिले दलविहीनको अवस्थामा रहेर अन्यायमा परेको छौँ, सर्वोच्चले न्याय देओस्’, नेता रायमाझीले उज्यालो अनलाइनसँग भन्नुभयो ।

माओवादी र एमाले दुवै दलबाट आफूहरूमाथि अन्याय भएको उहाँले बताउनुभयो । ‘त्यत्रो युद्ध लडेर आएको र देशको परिवर्तनमा ठूलो भूमिका निभाएकाे हामीहरूलाई अहिले यता न उताको बनाउन खोजिएको छ, यो अवस्थाको अन्त्य हुनैपर्छ’, उहाँले भन्नुभयो । 

तपाईँ अब माओवादीमा जान लाग्नुभएको हो ? उज्यालो अनलाइनको प्रश्नमा नेता टोपबहादुर रायमाझीले भन्नुभयो, ‘हामी माओवादी नै हो तर माओवादी भनेको प्रचण्ड मात्रै होइन, विप्लव पनि माओवादी नै हुन्, मोहन वैद्य पनि माओवादी हुन् र टोपबहादुर रायमाझी पनि हो, माओवादी भन्नेबित्तिकै प्रचण्ड हुन् भन्ने नबुझ्नु होला ।’

सर्वोच्चले कर्णाली प्रदेशमा एमालेले हटाएका सांसद पुनर्स्थापना गरिदिएकाले आफूहरूको पनि सांसद पद बिउँताइदिनेमा विश्वस्त रहेको उहाँको भनाइ छ ।  

पूर्वमन्त्रीसमेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशङ्कर चौधरी र प्रभु साहले माओवादी केन्द्रले गैरकानुनी रूपमा आफूहरूलाई सांसद पदबाट हटाएको भन्दै सर्वोच्चमा रिट दिएका छन् । यो रिटको पेसी भोलि बिहीवारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

3 Comments

  • Yogesh

    July 29, 2021, 3:45 p.m.

    पदिय लालिपप भुल्न सकेनछ । अाेलिकाे ..व्दारलाई हरिव्दार मानेर जल ग्रहण गरेकाे तिमिहरुले भुलाउने षड्यन्त्र गरेपनी हामिले भुलेका छैनाै है ।

  •  0 Reply
  • Purna

    July 28, 2021, 9:31 p.m.

    लाज भन्नै नै छैन् हो .

  •  0 Reply
  • मङ्गल शाह ( ठकुरी )

    July 28, 2021, 9:19 p.m.

    म माओवादी पार्टीका पुर्व साम्सद टोपबहादुर रायमाझीलाई प्रस्न गर्न चाहन्छु । तपाईंले आजसम्म के को राजनीति गर्नु भयो । अस्ति भर्खरै तपाईं लगायत मन्त्री पद र गाडी सेवा सुबिधाका लागी रयाल चुहाउदै आफ्नो माओवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नु भयो । फेरि भएन । भनेर माओवादी पार्टी आधिकारिक होइन । नक्कली हो । भन्दै पार्टी रद्द गरि पाउ भनेर निर्वाचन आयोग देखी सर्बोच्चसम्म माओवादी पार्टि खारेजीका लागी मुद्दा हाल्ने आज फेरि त्यही पार्टी चाहियो । र साम्सद पद पनि चाहियो । त्यो पनि परमादेशबाट भनेर सर्बोच्चमा रिट हाल्न अलि कति नैतिकता, लाज सरम, ईज्जत छैन । खाना खाईन्छ कि गु , आमाले जन्म दिएको होकि कुकुरले संक्का लाग्यो । होइन यो देशमा साच्चै भन्ने हो । भने राजनेता नै छैन । पदका लागी आफनि आमा समेत बेचने गद्दार देश द्रोही राष्ट्रिय फटाहा नेता छन। अझ आफुलाई कमन्युष्ट रे गधाहरु वास्तवमा भन्ने हो । भने नेपाल कमन्युष्ट भन्नेहरु कमन्युष्ट्का कर्मचारीहरु हुन । के सिक्यो टोपबहादुरले राजनीतिबाट मात्रै फटाहा गिरि गर्न मन्त्री हुदा खुबै मन्चबाट नचाहिने भाषण जन्तालाई झुटो आश्वासन दियो । लाल गद्दार ।।।

  •  0 Reply

तपाईको प्रतिक्रिया