विश्वमै पहिलो पटक सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन सुरु गर्दै त्रिभुवन विश्वविद्यालय

 साउन १३, २०७८ बुधबार १८:४५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्वमै अत्यधिक भ्रष्टाचार हुने देशकाे सूचीमा परेकाे देशमध्ये नेपाल पनि एक हाे । यसै सन्दर्भमा नेपालको जेठो विश्वविद्यालयले विश्वमै पहिलो पटक सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन–अध्यापन गराउने भएको छ ।

त्रिविले यसै शैक्षिक वर्षदेखि स्नातकोत्तर तहमा दुई वर्षीय कार्यक्रम अन्तर्गत यो विषय अध्यापन गर्न लागेको हो । 

त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत सुरु गर्न लागिएको कार्यक्रमले देशमा सुशासन कायम गर्न र भ्रष्टाचार कम गर्न मद्दत पुग्ने आशा राखिएको डिन प्रा. डा. कुसुम शाक्यले बताउनुभयो ।

बुधवार त्रिवि प्राङ्गणमा आयोजित विषयगत परिचयात्मक तथा पत्रकार भेटघाट कार्यक्रममा भ्रष्टाचार विरोधी अभियन्ता भरत जंगमले आफूले यस विषय त्रिविमा प्रवेश गराउन विगत २५ वर्षदेखि प्रयत्नरत रहेको भन्दै अहिले प्रवेश पाएकोमा खुसी व्यक्त गर्नुभयो । 

कार्यक्रमका लागि संयोजक डा. योगेश रञ्जितले कार्यक्रम र पाठ्यक्रमबारे जानकारी गराउँदै दुई वर्षीय कार्यक्रममा जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीले पनि सुशासन तथा भ्रष्टाचार निवारण अध्ययनमा सहभागी हुन सक्ने, फर्म अनलाइन माध्यमबाट पनि भर्न सकिने र शुल्क पनि पूरा कार्यक्रमको न्यूनतम एक लाख ७३ हजार रुपैयाँ मात्रै राखिएको जानकारी गराउनुभयो । 

कार्यक्रममा प्रा. डा. शिवराज अधिकारी, प्रा. डा. रविनकुमार आचार्य, ट्रान्सपेरेन्सी इन्टरनेशनलकी अध्यक्ष पद्मिनी प्रधानांग, राजनीति शास्त्रका प्राध्यापक गेहेन्द्र लाल मल्ल लगायतले कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Prof.Dr.Kamalmani Baral

    July 29, 2021, 6:24 a.m.

    Wonderful.

  •  0 Reply

तपाईको प्रतिक्रिया