स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडौं – पत्रकार ऋषि धमलालाई नेता र कलाकारलाई जबरजस्ती प्रश्न सोध्ने पत्रकारको रुपमा धेरैले लिन्छन् ।
उनको स्पष्ट बोल्ने र सिधा प्रश्न सोध्ने शैलीकै कारण उनी सेलिब्रेटी बन्न पुगे । अहिले उनी मात्रै यस्तो पत्रकार बनेका छन् जसको नक्कल नेपालमा धेरै कलाकार गर्छन् ।
ऋषि धमला नेपालका सबैभन्दा व्यस्त व्यक्ति मध्येका एक हुन् । सधैँ अन्तर्वार्ता र भेटवर्तामा व्यस्त रहने उनले गाईजात्राको दिनमा विशेष कार्यक्रम गर्ने गर्छन् ।
अरुले पत्रकार सम्मेलन गरेजस्तो उनले गाईजात्राको दिन विहान कलाकार सम्मेलन गर्छन् । यो वर्षपनि गाईजात्राको दिन बिहान सोमबार रिपोटर्स क्लबमा कलाकार सम्मेलन गरेर बानेश्वरको गाईजात्रामा उनी आइपुगे ।
तर यहाँ भने अरुलाई प्रश्न गर्ने ऋषि धमलालाई नै र्याखर्याख्ती पार्ने गरी कलाकार सुमन कार्कीले प्रश्न गरे ।
खासमा सुमनले पनि ऋषिकै नक्कल गरेरप्रश्न गरे जसले उनीहरुको प्रस्तुतिलाई निकै रोमाञ्चक बनायो । ऋषिले पनि नक्कली ऋषि धमला सुमन कार्कीले गरेका सबै प्रश्नको सरसर्ती जवाफ दिए । ऋषिले दिएका सबै जवाफमा उपस्थित दर्शक मजाले हाँसेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
ABC
Aug. 29, 2018, 9:32 p.m.Solid